काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित एक स्कुलको होस्टलमा बस्दै आएका विद्यार्थीको शव फेला परेको छ ।
भैँसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बस्दै आएका मोरङ घर भएका २० वर्षीय सकलु मर्डीको शव फेला परेको हो ।
शनिबार भएको घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।