नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई पूर्वराजाले दिए बधाई-Sutra News

नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई पूर्वराजाले दिए बधाई

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।



आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालका लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख गरे ।

उनले भने, ‘देशले विभिन्न चुनौतीहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकुलताका बावजुत जुन सफलता हासिल गरेकी छिन, यसले नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेको छ, नेपालको राष्ट्रिय गौरव बढाएको हामीले महशुस गरेका छौँ ।’

उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशासहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई सफलताको बधाई दिए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भएको के-४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट