काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा बाढी र पहिरोको जोखिम बढेसँगै उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेका छन् ।
विभागले नारायणगढ-मुग्लिङ खण्डका साना खहरेमा आकस्मिक बाढी र पहिरोको जोखिम भएको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साथै, विभागले चितवनको माडी कल्याणपुर, भरतपुर, देवघाट र आसपास भारी वर्षा भएको, माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।