प्रस्तावित राजदूतहरूसँग संसदीय समितिमा सुनुवाइ सुरु-Sutra News

प्रस्तावित राजदूतहरूसँग संसदीय समितिमा सुनुवाइ सुरु

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको छ । समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको हो ।



आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरसहित प्रस्तावित राजदूतसँग समितिले सुनुवाइ गरेको थियो । यस क्रममा प्रस्तावित राजदूतहरुले आ-आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए ।

चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन-नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहदकदमी लिने बताए । नेपालका विभिन्न क्षेत्रहरूमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि आफूले काम गर्ने उनको भनाइ थियो ।

कूल १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् । यसअघि समिति शुक्रबार उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्य तालिका बनाएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधानअनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट