नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ-Sutra News

नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौं । रूपन्देहीमा नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रोजगारीको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको अवासीय तालिम रहेको भनी उनीहरूले बालिकालाई मर्चवारबाट भैरहवाको एक होटेलसम्म पुर्‍याएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट