रोकेर राखेको ट्रममा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु-Sutra News

रोकेर राखेको ट्रममा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका १ धनगढी रोड पाठक पेट्रोल पम्पमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा धनगढी उपमहानगर २ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति अन्दाजी १ः१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी २ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट