एमबीबीएस परीक्षामा रौतहटका विद्यार्थी बने नेपालकै पहिलो र दोस्रो-Sutra News

एमबीबीएस परीक्षामा रौतहटका विद्यार्थी बने नेपालकै पहिलो र दोस्रो

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौँ । साक्षरतामा देशकै सबैभन्दा पुछारमा रहेका जिल्ला रौतहटका दुई विद्यार्थी एमबीबीएसको परीक्षामा नेपालकै पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् । उनीहरू क्रमशः पहिलो र दोस्रो भएका हुन् ।



एमबीबीएस मेडिकलमा अध्ययनका लागि सरकारले हालै लिएको छनौट परीक्षामा उनीहरूले सफलता पाएका हुन् । शिक्षा मन्त्रालयद्वारा प्रकाशित नतिजाअनुसार स्थानीय यमुनामाई गाउँपालिका १, जेठरहियाका विद्यार्थी अनिषराज प्रजापतिले पहिलो स्थानमा नाम निकालेका हुन् ।

यस्तै, माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विद्यार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका हुन् । एमबीबीएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट