प्रकाशले पाए नागरिकता-Sutra News

प्रकाशले पाए नागरिकता

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ले नागरिकता प्रमाण पत्र पाएका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई घरमै पुगेर नागरिकता दिएका हुन् ।



भोजपुर षडानन्द नगरपालिका १० छाप्लेगाउँ (साम्पाङ)मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत भेटिएका प्रकाशलाई उनको बुवा आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट