पिकअपको ठक्करबाट एक व्यवसायीको मृत्यु-Sutra News

पिकअपको ठक्करबाट एक व्यवसायीको मृत्यु

आइतबार, १६ भाद्र २०८१

आइतबार, १६ भाद्र २०८१

काठमाडौँ । मधेसदेखि काठमाडौं जोड्ने द्रुतमार्गअन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ ।



सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २-०१-४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउँदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ वर्षीय अधिकारी यादवलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यानसहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ । कोलहविका सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।

मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट