आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

आज मिति २०८१ भदौ १७ गते सोमबार । सन् २०२४ सेप्टेम्बर २ तारिख । नेपाल सम्बत ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण औंसी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । स्वास्थ्य सबल रहनेछ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्नैलागेको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य केही कमजोर रहन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । विभिन्न उपहार प्राप्त हुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने योग छ । कीर्तिमानी काम सम्पादन होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला ।सहयोगीहरूले साथ दिने छन्, काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पराक्रम बढ्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

कर्मबल बढ्ने छ । बोलीको प्रभाव बढ्ने समय छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिने छ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ने छ । पारिवारिक सुख बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

पारिवारिक सहयोग प्राप्त हुने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्ने योग छ । दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला

दौडधुपका साथै जोखिम वृद्धि हुने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ, तर आजको लाभांश सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

परिवारिक सुख बढ्नेछ भने रोकिएको काम बन्ने समय छ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नु हुनेछ । सुख–सुविधाको बस्तुमा खर्च होला । शत्रुलाई जित्ने क्षमता बढ्ला ।

धनु

भाग्योन्नतिको समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । ब्यवसायमा पनि राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

मकर

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकाले सजग रहनु होला । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ने छ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

व्यस्तता बढ्ने छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ने छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकाले सचेतनाको दरकार छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मीन

पराक्रम बढ्ने छ । व्यक्तिगत प्रशंसाका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । व्यक्तित्व प्रखर बन्नेछ भने नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्ने छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट