अमेरिकामा फेरि नेपाली मृत फेला-Sutra News

अमेरिकामा फेरि नेपाली मृत फेला

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । अमेरिकामा नेपाली युवक मृत भेटिएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् ।



नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कका अनुसार उनी गत अगस्त २७ मा मृत भेटिएका हुन् ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ ।

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । उनीमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट