नाडा अटो शोमा ‘स्काइवेल’को १ सय २६ युनिट बुकिङ-Sutra News

नाडा अटो शोमा ‘स्काइवेल’को १ सय २६ युनिट बुकिङ

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड ‘स्काइवेल’ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएकाे हाे ।



आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको छ । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको हो । स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए ।

‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ, शाे निकै उत्साहजनक रह्याे’, उनले भनेका छन् ।

उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरेकाे थियाे ।

नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको थियाे । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजार, ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजार र ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा उपलब्ध गराइएकाे थियाे ।

१ सय ५० किलोवाट मोटर क्यापासिटी भएका गाडीहरूमा सेफ्टी फिचरसहित विभिन्न सुविधा पनि उपलब्ध गराइएकाे थियाे । गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषताहरू रहेकाे कम्पनीले जनाएकाे छ ।

स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ ।

स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट