नरैनापुरमा झाडा पखालाबाट चारको मृत्यु, सात जना बिरामी-Sutra News

नरैनापुरमा झाडा पखालाबाट चारको मृत्यु, सात जना बिरामी

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

खजुरा (बाँके) । नरैनापुरमा झाडा पखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडा पखालाबाट सात जना बिरामी परेका छन् ।



नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडा पखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडा पखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, “आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।”

झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट