प्रि सेसनमा झिनो अंकको बृद्धि, कता जाला आज नेप्से ?-Sutra News

प्रि सेसनमा झिनो अंकको बृद्धि, कता जाला आज नेप्से ?

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रि सेसनमा २.०६ अंकले बढ्दै नेप्से २६९८ को बिन्दुमा उक्लिएको छ ।



लगातार गिरावटका बिच आइतबार नेप्से ५३.६३ अंकले घटेको थियो । ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा झरेको थियो ।

सोमबारको प्रि सेसनमा झिनो अंकको बढोत्तरी भए पनि नेप्सेमा कारोबार रकम भने निकै घटेको छ । जम्मा २ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ करोड ४२ लाख ६५७ मा सीमित भएको छ ।

प्रि सेसनमा कारोबारमा आएमा ४० कम्पनीमध्ये २२ को मूल्य बढेको छ भने १३ को मूल्य घटेको छ । ५ को मूल्य स्थिर रह्यो ।

लगातार गिरावटका बिच सोमबारबाट नेप्से बढ्ने धेरैको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट