काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३०० सय रुपैयाँले सुनकाे मूल्य घटेकाे हाे ।
मूल्य घटेसँगै साेमबार सुनकाे मूल्य प्रतिताेला १ लाख ५२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
यसअघि शुक्रबार र आइतबार सुनको मूल्य क्रमशः प्रतितोला ३०० र ६०० रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो।
सुनकाे मूल्य घटिरहँदा नेपाली बजारमा चाँदी मूल्य पनि घटिरहेकाे छ । सोमबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो।
आज अन्तराष्ट्रिय बजारमा सुनकाे मूल्य प्रति औंश २४९६ डलर छ ।