दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको कार्यभार-Sutra News

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको कार्यभार

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दिनेश डिसीले कार्यभार सम्हालेका छन् ।



सोमबार बिहान सञ्चार मन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि उनी सीधै डीसीले बोर्डको कार्यालय पुगेका थिए । कार्यभार सम्हाल्दै उनले आफू बोर्डमा नयाँ ढंगले काम गर्ने लक्ष्यसहित आएको दाबी गरे ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन दिएका मध्ये तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट