बलात्कारको मुद्दामा सन्दीपविरुद्ध सर्वोच्चमा जाँदै सरकार-Sutra News

बलात्कारको मुद्दामा सन्दीपविरुद्ध सर्वोच्चमा जाँदै सरकार

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।



आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो ।

उच्च अदालत पाटनले सफाइपछि उक्त घटनामा पीडित भनिएकी गौशाला २६ ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला २६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट