करेक्सनपछि फेरि चम्कियो सेयर बजार-Sutra News

करेक्सनपछि फेरि चम्कियो सेयर बजार

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) पुरानै लयमा फर्किएको छ । झण्डै तीन सय अंकको करेक्सनपछि नेप्से पुरानै लयमा फर्किएको हो ।



साउन ३१ मा ३ हजारको बिन्दुको बिन्दुमा पुगेको नेप्से त्यसयता करेक्सन मुढमा देखिएको थियो । निरन्तर गिरावटका बिच आइतबार नेप्से २६९५ को बिन्दुमा ओर्लिएको थियो ।

तर आजको कारोबारसँगै नेप्सेले पुरानै लय समातेको छ । सोमबार एकैपटक १२७.३२ अंकले बृद्धि हुँदै नेप्से २८२३.२५ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से ४.७२ प्रतिशतले बढेको छ ।

सोमबार सर्वाधिक वित्त समूहको परिसूचक ७.९४ प्रतिशतले बढ्यो । वाणिज्य बैंक ४.७३ प्रतिशतले बढ्दा विकास बैंक ४.९९ र होटल तथा पर्यटन ४.९२ प्रतिशतले बढ्यो ।

यसैगरी जलविद्युत ५.३६ प्रतिशतले बढ्दा लगानी ५.४५ प्रतिशतले बढ्यो भने जीवन बीमा ४.६९ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन ३.३३ प्रतिशतले बढ्दा लघुवित्त ३.३३ प्रतिशतले बढ्यो ।

सामूहिक लगानी ०.८४ प्रतिशतले बढ्दा निर्जीवन बिमा ४.८१ प्रतिशतले बढ्यो भने अन्य ४.१४ प्रतिशतले बढ्यो । यसैगरी व्यापार २.८५ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २३९ को मूल्यमा बृद्धि भयो भने ५ कम्पनीको मूल्यमा सामान्य गिरावट आयो । उच्च अंकले नेप्से बढ्दा झण्डै एक दर्जन कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि भएको छ । जसमध्ये अधिकांश वित्त समूहका कम्पनी धेरै छन् ।

उच्च अंकले नेप्से बढ्दै गर्दा कारोबार रकममा पनि सुधार आएको छ । सोमबार ३ करोड १४ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको भयो । जुन केही दिनयताकै उच्च हो । यसअघि आइतबार कारोबार रकम १० अर्ब आसपासमै सीमित थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट