आफूले चाहेको पद नपाएपछि दीपक मनाङे असन्तुष्ट, मन्त्रीबाट राजीनामा दिँदै-Sutra News

आफूले चाहेको पद नपाएपछि दीपक मनाङे असन्तुष्ट, मन्त्रीबाट राजीनामा दिँदै

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउने क्रममा मन्त्री मण्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो ।



यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए ।

तर, उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

यसअघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए ।

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफूलाई संकटमा साथ दिएको भन्दै कांग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट