मनाङेले दिएको राजीनामा स्वीकृत-Sutra News

मनाङेले दिएको राजीनामा स्वीकृत

सोमबार, १७ भाद्र २०८१

सोमबार, १७ भाद्र २०८१

काठमाडौँ । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वन मन्त्रीको पद अस्वीकार गर्दै दिएको राजीनामा स्वीकृत भएको छ ।



सोमबार एमालेलाई सरकारमा सहभागी गराउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री मण्डल हेरफेर गरेपछि मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसपछि मनाङेले राजीनामा दिएका थिए ।

यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएको भन्दै आपत्ति जनाएका थिए । आफूलाई वन मन्त्रालय नचाहिने भन्दै उनले जिम्मेवारी नलिँदै राजीनामा दिएका हुन् ।

यसअघि एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट