काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)का शिक्षार्थीहरूको प्रतिनिधि मण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागु औषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनु पर्नेमा जोड दिए ।
भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो । टोलीले यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।