आज मेष, कर्कट र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?-Sutra News

आज मेष, कर्कट र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कति शुभ ?

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

आज मिति २०८१ भदौ १८ गते मंगलबार । सन् २०२४ सेप्टेम्बर ३ तारिख । नेपाल सम्बत ११४४ गुंलागा आमै, भदौ कृष्ण औंसी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने समय छ । मान र विद्या प्राप्त होला । सोच्दै नसोचेको माध्यमबाट धनलाभ हुने योग छ, तर आर्जित धन सञ्चित नहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाजुभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । रोकिएको काम सुचारु हुने देखिन्छ ।

बृष

आजको दिन थोरै उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । नयाँ काममा हात हाल्दै हुनुहन्छ भने केही समय पर्खनु उचित होला । स्वास्थ्यमा सामान्य कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नचिताएको ठाउँमा धन खर्च हुने योग छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ तर सहयोगीहरूले हात झिक्नाले केही समस्या पर्न सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

नयाँ काममा हात हाल्ने समय आएको छ । तर, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नु पर्नेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले अवसर गुम्न सक्छ तर मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । बौद्धिकता र रचनात्मकता बढ्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट

शुभदायी समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ध्यान राख्नुहोला । खर्च वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन सेवामूलक कामबाट यश मिल्नेछ भने व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या

कर्मबल बढ्ने छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । व्यवसायमा आयआर्जन राम्रै होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्ने योग भएकोले सावधानी अपनाउनुहोला । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउने सम्भावना पनि छ ।

बृश्चिक

दौडधुप बढ्ने छ भने कठोर मिहिनेतले रोकिएको काम बन्ने समय छ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ भने प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने योग छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

धनु

सहयोगीहरूले फाइदा दिलाउने र मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । तर अरूको मात्र भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने योग छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तथापि, मान्यजनसँग असमझदारी बढ्न सक्छ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । आज कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । प्रतिकुलताका बाबजुद साहस भने बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय भएपनि महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइने योग छ । स्वास्थ्यगत रूपमा भने आज केही कमजोर भएको अनुभूति हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मीन

कामबाट फुर्सदिलो बनेको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ भने रोकिएका काम पनि दोहो¥याएर प्रयत्न गर्नु उचित होला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ । मिठो भोजनप्राप्ति र सुख विलास बढ्ने योग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट