एक दिवसीय सिरिज- नेपालले श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै-Sutra News

एक दिवसीय सिरिज- नेपालले श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने लागेको हो ।



तीन एक दिवसीय खेलअन्तर्गत पहिलो खेल आज हुन लागेको हो । यो खेल बिहान १०ः१५ बजेदेखि शुरु हुनेछ । नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।

नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।

जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट