कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै माओवादीनिकटका पाण्डे विजयी-Sutra News

कांग्रेस-एमाले गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै माओवादीनिकटका पाण्डे विजयी

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडाैं । ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्।



पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्। पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन्।

गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुन् ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भका छन् ।

यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएका हुन् ।

विजयी भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि ‘टान बृहद् अक्षयकोष’ निर्माण गर्ने बताए । उनले पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट