काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रि सेसनमा पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । प्रि सेसनमा ११.१६ अंकले बढ्दै नेप्से २८३४.४२ को बिन्दुमा उक्लिएको छ ।
प्रि सेसनमा सूचकसँगै कारोबार रकममा उत्साहपूर्णरुपमा बृद्धि भएको छ । २६ हजार २१८ कित्ता सेयर किनबेच हुँदा प्रि सेसनमा कारोबार रकम एक करोड ८ लाख ६८ हजार रुपैयाँको भयो । जुन केही दिनयताकै उच्च हो ।
प्रि सेसनमा कारोबारमा आएका ८७ कम्पनीमध्ये ५९ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
प्रि सेसनमा विशेषगरी जलविद्युत क्षेत्रका अपि पावर, माथिल्लो तामोकोशी, तमोरलगायतका कम्पनीको कारोबार उच्च रहेको छ ।
लगातार गिरावटका बिच सोमबार एकैदिन १२७.३७ अंकले बृद्धि हुँदै नेप्से २८२३.२५ को बिन्दुमा उक्लिएको थियो । सँगै सोमबार कारोबार रकम पनि उत्साहपूर्णरुपमा बढेको थियो ।
जसको निरन्तरता आजको कारोबार हुने अपेक्षा लगानीकर्ता तथा विश्लेषकहरुको छ । उच्च करेक्सनपछि उच्च अंकले बढेको नेप्सेले सोमबारकै लयलाई समातेमा मंगलबार २९ सयको बिन्दुलाई पार गर्ने सम्भावना छ ।
सम्बन्धित समाचार