रियलमीको वार्षिक डिलर्स मीट सम्पन्न, के-के भए छलफल ?-Sutra News

रियलमीको वार्षिक डिलर्स मीट सम्पन्न, के-के भए छलफल ?

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौं । आफूलाई सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड दाबी गर्दै आएको रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ।



गत शुक्रबार भाद्र १४ गते काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरू सहभागी भएका थिए।

डिलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले मीटको आयोजना गरिएको कम्पनीले जनाएको छ। साथै डिलर्सहरूसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका चुनौती र तिनीहरूका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

डिलर्स मीटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले डिलरहरु नै ब्राण्डको मेरुदण्ड भएको बताउँदै उत्साह, विश्वास र लगनशील भएर साथ दिनसमे आग्रह गरे।

डिलर्स मिटको शुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो। कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरुका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो। कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट