लगातार गिरावटपछि सुनको मूल्य स्थिर-Sutra News

लगातार गिरावटपछि सुनको मूल्य स्थिर

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौं । उच्च मूल्यमा पुगेपछि लगातार गिरावट भइरहेको सुनको मूल्य साताको तेस्रो कारोबार दिन (मंगलबार) भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारकै तुलनामा सुनको कारोबार भइरहेको छ ।



महासंघका अनुसार सोमबारकै मूल्यअनुसार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

भदौ १३ मा सुनको मूल्य तोलाकै एक लाख ५३ हजार २ सय पुगेर नयाँ रेकर्ड बनाएको थियो । यद्यपि, त्यसयता नेपाली बजारमा सुनको मूल्य घटिरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट