काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग राखिएको छ । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले उनको राजीनामा मागेको हो ।
छुट्टाट्टै विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई कारबाहीको माग गरिएको हो । मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नु पर्ने’ अभिव्यक्ति दिएका थिए ।
प्रहरी महानिरीक्षकविरुद्ध अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा अोलीले उनलाई महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भन्ने अभिव्यक्तिबारे जानकारी लिएका थिए ।
यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भत्र्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु ।’