करिब ५९ लाख मूल्यको अवैध सामान बरामद-Sutra News

करिब ५९ लाख मूल्यको अवैध सामान बरामद

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । कञ्चनपुरको भिमदत्त नगरपालिका ३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इञ्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले ५९ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।



भारतबाट अवैध रुपले नेपाल ल्याएर भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरुमा लत्ता कपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेक्ट्रोनिक्स सामान छन् । बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट