पूजालाई समीक्षाको जवाफ- सत्य के हो? भगवानलाई थाहा छ, मायामा माफी दिएर सावित गरिदिएँ-Sutra News

पूजालाई समीक्षाको जवाफ- सत्य के हो? भगवानलाई थाहा छ, मायामा माफी दिएर सावित गरिदिएँ

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । गायिका समीक्षा अधिकारीले विगतमा आफूमाथि भएको घटनालाई लिएर प्रश्न गरेकी छन् । एक युट्युब च्यानलमा अभिनेत्री पूजा शर्माले आफूविरुद्ध आपेक्ष लाग्ने गरी अन्र्तवार्ता दिएपछि उनले प्रश्न गरेकी हुन् ।



अन्तर्वार्तामा अभिनेत्री शर्माले अभिनेता पल शाहको बारेमा कसैले बोल्नु नपर्ने भन्दै अभिव्यक्ति दिएकी थिइन् । ‘भगवान छ, सत्यको जित हुन्छ, मलाई केही पनि फरक पर्दैन, आज कानूनले नै प्रमाणित गरिसकेको चिज हो, कानूनले बोलिसकेपछि सक्यो हैन,’ उनले भनिन् ।

बलात्कारको आरोप लागेर हिरासतमा बसेका अभिनेता पललाई कानूनले सफाइ दिएको उनको दाबी थियो । यसै क्रममा उनले थपिन्, ‘पलको बारेमा कसैले बोलिरहन जरुरत छैन, पललाई कसैले केही भन्न पर्दैन, तपाईंको पनि आफ्नो छोरा छ भने सम्झनुहोस् क्या ।’

अभिनेत्री शर्माको भनाइप्रति आपत्ति जनाउँदै गायिका अधिकारीले सही र गलत छुट्याउन नसक्ने उमेरमा आफूमाथि आइपरेको घटनालाई मायाको तराजुमा जोख्न तयार भएको प्रतिक्रिया दिएकी छन् ।

‘सत्य के हो ? कि उस(पल शाह)लाई थाहा छ, कि मलाई थाहा छ, कि त भगवानलाई थाहा छ, के सही–के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ, र माफी दिएर सावित गरिदिएँ,’ अधिकारीले प्रश्न गर्दै भनिन् ।

यस क्रममा बारम्बार आफूलाई देखाएर अभिनेत्री शर्माले आफ्नो फिल्म चलाउन खोजेको बताएकी थिइन् । ‘आफै छोरी भएर, उमेरले झण्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?,’ उनले प्रश्न गरिन् ।

अभिनेता शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानूनले निर्दोष साबित गर्न भ्याएकी थिइन् । बलात्कारको आरोपमा जिल्ला अदालत तनहुँबाट सफाइ पाएका शाहविरुद्धको मुद्दालाई सरकारी वकिलले सर्वोच्च अदालतमा दर्ता गरेसँगै मुद्दा विचाराधीन अवस्थामा छ ।

अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’मा एकसाथ देखिँदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्रीसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट