काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङमाथि खनिएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले मन्त्रीहरूलाई बोल्दा जिब्रोमा ब्रेक लगाउनु पर्ने बताए ।
‘म सत्तापक्षकै सांसद हुँ, तर माननीय सूचना तथा सञ्चारमन्त्री ज्यूले केही दिन पहिले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनु भएछ, यो अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस्,’ उनले भने ।
यस क्रममा सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागेको चर्चा चलिरहेको भन्दै त्यसबारे पनि सरकारसँग जवाफ माग गरेका थिए ।