सरकारले एनसेललाई दुहुनो गाई बनाएको छ- अध्यक्ष लिङदेन-Sutra News

सरकारले एनसेललाई दुहुनो गाई बनाएको छ- अध्यक्ष लिङदेन

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् ।



प्रतिनिधिसभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कही विवाद नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन् ? भन्दै प्रश्न गरे ।

यस्तै, सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए । उनले यस विषयमा आउँदा दिनमा आफूले विस्तृत रुपमा कुरा उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट