काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । भदौ १९ गते बुधबार कोटेश्वरको ‘ए वान ब्याङक्वेट’मा १२ बजेदेखि कार्यक्रम आयोजना गरिएको छ ।
समानता, सशक्तीकरण सहअस्तित्व उत्सवको रुपमा मनाउन लागिएको कार्यक्रममा नेपाल सरकारका महिला कर्मचारी, प्रहरी, कलाकार, खेलाडी,पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, पेसाकर्मी, विद्यार्थी, संघ सस्था, विभिन्न राजनैतिक दलसँग आबद्धता महिलाहरूलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने बताइएको छ । गायिका अस्मिता अधिकारी, महेश काफ्ले, लक्ष्मी नेपालीलगायत कलाकारले कार्यक्रममा प्रस्तुती दिने छन् ।
विभिन्न राजनीतिक दलका नेतृत्वहरू उपस्थिति रहने कार्यक्रममा कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।