काम थालेको २३ वर्षपछि बसपार्क सञ्चालन-Sutra News

काम थालेको २३ वर्षपछि बसपार्क सञ्चालन

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । बागलुङ नगरपालिकाद्वारा नवनिर्मित बाग्लुङ बसपार्क काम थालेको २३ वर्षपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका ४ दावगरामा निर्मित बसपार्कको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।



यस क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कलाई दिगो रुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए । उनले स्थानीय जग्गा धनीहरुले जग्गा दिएर बसपार्क निमार्ण भएको हुँदा बसपार्क निमार्णपछि बाँकी रहेको जग्गा फिर्तामा राजश्व छुट गराउनेतर्फ ध्यान दिने बताए ।

विं.सं. २०५८ मा स्थानीय बासिन्दाले साढे १७ रोपनी जमिन दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो । ठेक्कापट्टाको कामले ढिलाई हुँदा २०७७ जेठमा बसपार्क निर्माण गरिए पनि त्यसको चार वर्षपछि मात्रै सञ्चानलनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट