सहकारी ठगीको छानबिन गर्ने संसदीय समितिको म्याद थपियो-Sutra News

सहकारी ठगीको छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

मंगलबार, १८ भाद्र २०८१

मंगलबार, १८ भाद्र २०८१

काठमाडौँ । सहकारी संस्थाको बचत रकम ठगीबारे छानबिन गर्न गठन भएको संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।



उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधिसभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक बिदाको दिनबाहेक समितिले बिहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गतेसम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट