प्रि सेसनमै उत्साह, आज कति अंकले बढ्ला नेप्से ?-Sutra News

प्रि सेसनमै उत्साह, आज कति अंकले बढ्ला नेप्से ?

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिनको प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से)मा उत्साहपूर्ण बृद्धि भएको छ । प्रि सेसनमा २९.८७ अंकले बढ्दै नेप्से २८६०.०७ को बिन्दुमा उक्लिएको छ ।



उत्साहपूर्ण बृद्धि भएको प्रि सेसनमा कारोबारमा पनि उत्साहपूर्ण बृद्धि देखिएको छ । १६ हजार ६५६ कित्ता सेयर किनबेच हुँदा प्रि सेसनमा कारोबार रकम १ करोड १२ लाख २१ हजार रुपैयाँको भयो ।

यस सेसनमा कारोबारमा आएका ७७ कम्पनीमध्ये ६३ कम्पनीको मूल्य बढ्यो भने १० कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

प्रि सेसनमा विशेषगरी मंगलबार केही करेक्सन देखिएका बैंकमा आकर्षण देखिएको छ ।

सोमबार १२७ अंकले बढेको नेप्से मंगलबार ६.९ अंकको बृद्धिमै सीमित बनेको थियो । मंगलबार २८३०.२० को बिन्दुमा उक्लिएर नेप्से बन्द भएको थियो ।

विशेषगरी मंगलबार अल्पकालिन लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा बजारमा तिव्र उतारचढाव देखियो । यद्यपि, आजको कारोबारमा त्यसले निरन्तरता नपाउने सम्भावना अधिक छ । करेक्सनको तह सकिएको नेप्सेले आजको कारोबारसँगै थप उत्साहपूर्ण बाटो समाउने सम्भावना छ ।

बजार विश्लेषकहरु आजको कारोबारसँगै नेप्से ३ हजारको आसपासमा पुग्ने अनुमान गर्दछन् । बजारमा कुनै पनि खालका अवरोधहरु नरहेको विश्लेषकहरुको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट