वाराणसी, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्-Sutra News

वाराणसी, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

वाराणसी (भारत) । पढ्दा अचम्म लाग्ला, तर वास्तविकता यही हाे, भारतकाे वाराणसीमा वृद्ध भारतीय हिन्दू भक्तहरू मृत्युवरणका लागि आउँछन् । जीवनकाे उत्तरार्धमा कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् ।



भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन्, जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन् ।

गङ्गाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ । हिन्दूहरू यसबाट पुनरजन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन् ।

९२ वर्षीय बद्रीप्रसाद अग्रवाल सुदूर पश्चिमी राजस्थानबाट झण्डै एक हजार किलोमिटरभन्दा यात्रा गरेर वाराणयी आएका छन् । अब पाँच महिनासम्म बाँच्ने बताएका अग्रवाल अन्तिम समय नदी किनारामा बिताउने बताउँछन् ।

अग्रवालले भने, “म हरेक दिन भगवानसँग कुरा गर्छु, चाँडै नै म भगवानकाे घरमा शान्तिसँग हुनेछु ।”

सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उनले ठाउँ पाएका छन् ।

जहाँ ४० वटा कोठा छन् । धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ । नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न छन् ।

अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन ।

बनारसको नामबाट पनि चिनिने हिन्दूहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो ।

यो संहारका देवता भगवान् शिवको सहर हो । हिन्दूहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्ने बताउँछन् । ‘मोक्ष’ अर्थात् मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन् ।

मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन् । अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन् । रासस/एएफपीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट