प्रश्न उठ्न थालेपछि गृहमन्त्री रमेश लेखकले भने– एमालेसँग भएको सहमतिमा शंका गर्न पर्दैन-Sutra News

प्रश्न उठ्न थालेपछि गृहमन्त्री रमेश लेखकले भने– एमालेसँग भएको सहमतिमा शंका गर्न पर्दैन

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।



मन्त्री लेखकले एमालेसँग भएको सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

सम्बोधनको क्रममा उनले भने,‘एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुहोस, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौं ।’

उनले एमालेसँग भएको ७ बुँदे सहमति पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट