सामसङको ग्यालेक्सी ए०६ नेपालमा, यस्तो छ मूल्य र फिचर-Sutra News

सामसङको ग्यालेक्सी ए०६ नेपालमा, यस्तो छ मूल्य र फिचर

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा भित्रिएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।



यो फोनमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर र ८ एमपीको सेल्फी क्यामेरा छ ।

६.७ इञ्चको एचडीप्लस एलसी स्क्रिन रहेको फोनको स्टोरेज एक टिबीसम्म थप्न मिल्ने कम्पनीले जनाएको छ । फोनमा मिडियाटेक हेलियो जी८५ प्रोसेरस छ ।

५००० एमएएचको ब्याट्री रहेको फोनले २५ वाटको तिव्र चार्जिङ सर्पोट गर्छ ।

यसमा हार्डवयरविरुद्ध बलियो सुरक्षा प्रदान गर्ने नक्स भोल्ट रहेको छ । फोनमा नयाँ अपरेटिङ सिस्टम र सुरक्षा अपडेट रहेको कम्पनीले जनाएको छ ।

यो फोन कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध छ । ग्यालेक्सी ए०६ को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ छ ।

यस्तै, ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १७ हजार ४९९ रुपैयाँ छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए०६ को मूल्य भने १९ हजार ४९९ रुपैयाँ छ ।

यो फोन इन्स्टा फाइनान्सबाट शून्य प्रतिशत ब्याजदरमा पनि किन्न सकिने र भदौ २३ गतेदेखि नेपालभर उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट