प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर सार्वजनिक, के-के छन् विशेषता ?-Sutra News

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर सार्वजनिक, के-के छन् विशेषता ?

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडाैं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहबिच कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेकाे हाे ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा, गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरिएकाे थियाे । साथै, कन्टेमपररी डान्स प्रस्तुतीले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभिको विस्तृत जानकारी प्रदर्शन गरिएकाे थियाे ।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०२४ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियाे । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ, जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प प्रालि, नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक (सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकरको लागि आधिकारिक वितरक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट