किन फेरि भारी अंकले घट्यो नेप्से ?-Sutra News

किन फेरि भारी अंकले घट्यो नेप्से ?

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा भारी अंकको गिरावट आएको छ । बुधबार ९०.७३ अंकले घट्दै नेप्से २७३९.४६ को बिन्दुमा ओर्लिएको छ । समग्रमा नेप्से ३.२० प्रतिशतले घटेको छ ।



भारी अंकले नेप्से घट्दा आज सबै क्षेत्रका सूचक घटे । बैंकिङ ३.१ प्रतिशतले घट्दा विकास बैंक २.२ प्रतिशत, फाइनान्स ५.१ प्रतिशत होटल तथा पर्यटन ४.४ प्रतिशत र हाइड्रोपावर ३.५ प्रतिशतले घट्यो । यसैगरी, लगानी ३.५ प्रतिशतले घट्दा जीवन बीमा ३.७ प्रतिशत उत्पादन २.५ प्रतिशत माइक्रोफाइनान्स १.३ प्रतिशत, निर्जीवन बीमा २.७ प्रतिशत, अन्य ३.७ प्रतिशत र व्यापार समूह २.६ प्रतिशतले घट्यो ।

उच्च अंकले इन्डेक्स घटेसँगै कारोबारमा आएका अधिकांश कम्पनीको पनि मूल्य घट्यो । २४५ कम्पनीमध्ये ३१ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घट्यो ।

यद्यपि, भारी अंकले नेप्से घट्दा पनि आज पाँच कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि भयो । जसमा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेको छ ।

कुमारी इक्वटी फिण्डको मूल्य १० प्रतिशतले घट्दा गुडविल फाइनान्सको मूल्य ८.७३, कुमारी धनबृद्धि योजनाको ८.६१, हिमालयन पावर पार्टनको ७.६३ र सुपर मईको ७.४८ प्रतिशतले मूल्य घट्यो ।

आज इन्डेक्ससँगै कारोबार रकम पनि घट्यो । मंगलबार कारोबार रकम साढे १३ अर्ब हाराहारी रहँदा आज कारोबार रकम १२ अर्ब ९२ करोडमा सीमित भयो । २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा सो कारोबार रकम भएको थियो ।

विशेषगरी सोमबारको उत्साहजनक बृद्धि र मंगलबार तिव्र उतारचढावका बिच भएको एकल अंकको बृद्धिसँगै नेप्सेले आज नयाँ कोर्ष लिने आशा धेरैले गरेका थिए । यद्यपि, एकातिर केही लगानीकर्ता विश्वस्त नहुँदा र केही नाफा बुक गर्न उद्धत हुँदा नेप्से पुनः पुरानै स्वरुपमा फर्किन खोज्यो । जसले आगामी दिन थप के होला भन्ने अन्योल सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट