सामाजिक सञ्जालमा ‘अनफलो’ अभियान चलेपछि ओलीप्रति रामकुमारीकाे सहानुभूति-Sutra News

सामाजिक सञ्जालमा ‘अनफलो’ अभियान चलेपछि ओलीप्रति रामकुमारीकाे सहानुभूति

बुधबार, १९ भाद्र २०८१

बुधबार, १९ भाद्र २०८१

काठमाडाैं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ अभियान चलिरहेकाे छ । काठमाडाैं महानगरका मेयर बालेन साहका समर्थकले ओलीविरूद्ध ‘अनफलो’ अभियान चलाएका हुन् ।



‘अनफलो’ अभियान चलेकाे २४ घण्टामै ओलीकाे फेसबुक पेजमा ७५ हजार बढीले अनफलाे गरेका छन् । जुन निरन्तर बढ्दाे छ ।

यस्ताेमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सहानुभूतिपूर्ण टिप्पणी गरेकी छिन्। उनले एमालेका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलाेअर्स संख्या दोब्बर हुने बताएकी हुन्।

‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ उनले एक्समा लेखेकी छिन्, ‘सन्दर्भः अनफलोअर्स अभियान।’

झाँक्रीले सहानुभूति दर्शाउँदै यस्ताे बताएपछि सामाजिक सञ्जालमा निकै चर्चा भइरहेकाे छ । ए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट