आज सिंह, धनु र मकर राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज सिंह, धनु र मकर राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

आज मिति २०८१ भदौ २० गते बिहीबार । सन् २०२४ सेप्टेम्बर ५ तारिख । नेपाल सम्बत ११४४ द्वितीया थिति । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

काम बिग्रने डरले सताउने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा भने उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू पनि टाढा हुन सक्ने योग छ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष

रमाइलो जमघटले आनन्द दिलाउला । विछोडिएका आफन्त एवम् मित्रजनसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि भने केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्ने पनि भेटिएलान् । फजुल खर्च बढ्ने योग छ । मानसम्मान प्राप्त हुने समय छ । प्रेमभाव बढ्नेछ । आँट वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन र आइपरेका समस्या सुल्झाउन सकिने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । काम पूरा नभए पनि आंशिक फाइदा भने मिल्नेछ । सामाजिक उत्तरदायित्व वहन गरिएला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने छन्, सावधानी अपनाउनु हितकर हुनेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ने योग छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोला ।

कन्या

धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । नयाँ कामको प्रस्ताव आउने योग छ, साथै पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सचेत रहनुहोला । कार्यगति र आयबल बढ्ने छ ।

तुला

आजको दिन अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । तथापि, आश मारेको काम बनेर उत्साह जाग्ने योग छ । उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु पर्नेछ ।

बृश्चिक

अरूको भरपर्दा धोका मिल्ने समय भएपनि मेहनतको फल प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने योग छ । भाग्यबल बढ्नेछ । आरोग्यता रहने छ ।

धनु

दिगो फाइदा हुने काममा लगानी गर्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । यात्रामा खर्च बढ्न सक्छ । चोटपटकमबाट बच्न विशेष ध्यान दिनु हितकर छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।

मकर

धनार्जन हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । दामपत्य सुख वृद्धि हुनेछ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

वाद विवादमा परिने योग भएकाले आजको दिन बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला । आँट गर्न नसक्दा विशेष योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । खर्चको अभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । सामर्थ्य बढ्ने छ ।

मीन

फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्ने समय छ, तथापि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिएला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । प्रेमभाव बढ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट