आज देशभर वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना-Sutra News

आज देशभर वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।



कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट