उच्च घटबढको प्रभाव : प्रि सेसनमा कारोबारसँगै सुस्तायो नेप्से-Sutra News

उच्च घटबढको प्रभाव : प्रि सेसनमा कारोबारसँगै सुस्तायो नेप्से

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । ०.७४ अंकले बढ्दै नेप्से २७४०.२१ को बिन्दुमा उक्लिएको छ ।



प्रि सेसनमा नेप्सेमा इन्डेक्स मात्रै सुस्ताएको छैन, कारोबार रकम पनि सुस्ताएको छ । प्रिसेसनमा ४ हजार ५६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २५ लाख ८० हजार ४४८ रुपैयाँमा सीमित भयो । जुन केही दिनयताकै निकै न्यून हो ।

प्रि सेसनमा ४५ कम्पनीको कारोबार भएको छ । जसमा २१ कम्पनीको मूल्य घटेको छ भने २० कम्पनीको मूल्य बढेको छ ।

सोमबार एकै दिन १२७ अंकले बढेको सेयर बजारमा मंगलबार एकल अंकको बृद्धि भएको थियो । यद्यपि, बुधबार भने एकै दिन ९०.७३ अंकले घट्दै बजार पुनः पुरानै अवस्थामा फर्कियो ।

उच्च उतारचढाव देखिएको बजारले आगामी समय कसरी यात्रा तय गर्ला, अवस्था अन्योलपूर्ण छ । यद्यपि, बजार विश्लेषक तथा लगानीकर्ता बुल मार्केटमा यस्तो हुनु स्वभाविक भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट