चार काराेबार दिनदेखि सुनको मूल्य स्थिर-Sutra News

चार काराेबार दिनदेखि सुनको मूल्य स्थिर

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । उच्च मूल्यमा पुगेपछि लगातार गिरावट भइरहेको सुनको मूल्य चार दिनयता स्थिर छ ।



आइतबारकाे तुलनामा साेमबार प्रतिताेला ३ सय रूपैयाँले घट्दै प्रतिताेला एक लाख ५२ हजार रूपैयाँ कायम भएकाे सुनकाे मूल्य त्यसयता निरन्तर स्थिर छ ।

बिहीबार पनि साेही मूल्यमा नै किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनकाे मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने निरन्तर घटबढ भइरहेकाे छ । बुधबारकाे तुलनामा बिहीबार प्रतिताेला १० रुपैयाँले बढेको महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मूल्य बढेसँगै बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वमा तनाव बढ्दै गर्दा विश्वभर सुनचाँदी मागमा आएकाे बढाेत्तरीसँगै मूल्यमा तिव्र उतारचढाव भइरहेकाे छ । जसकाे प्रभाव स्थानीय बजारमा पनि देखिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट