एमाले महासचिव पोखरेलको आरोप– प्रचण्ड देशलाई बंगलादेश बनाउन उद्धत छन्-Sutra News

एमाले महासचिव पोखरेलको आरोप– प्रचण्ड देशलाई बंगलादेश बनाउन उद्धत छन्

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अराजकतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रचण्ड नेपालमा बंगलादेशको जस्तो अराजकता निम्त्याउन लागिरहेको आरोप लगाए ।



“माओवादी अध्यक्ष् प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ”, उनले भनेका छन्, “प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ, प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन, त्यो लोकतान्त्रिक हुन सक्दैन ।”

उनले राजनीतिक स्थायीत्वका लागि मुलुक दुई दलीय व्यवस्थामा जानैपर्ने पोखरेलको भनाई छ । उनले अन्य दलको बूई चढेर फाइदा लिने दिन अब बन्द गर्नुपर्ने बताए ।

‘मैले दुई दलीय प्रणालीको मात्रै कुरा गरेको छैन, मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो”, महासचिव पोखरेलले भनेका छन्, “नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।”

गठबन्धनका सन्दर्भमा कांग्रेसभित्र देखिएको असन्तुष्टि बनावटी भएको टिप्पणी पोखरेलको छ । उनले कांग्रेस गठबन्धन जोगाउन प्रतिबद्ध रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट