नेप्सेमा उच्च उतारचढाव, लगानीकर्ता ‘होल्ड मुड’मा हुँदा घट्यो कारोबार-Sutra News

नेप्सेमा उच्च उतारचढाव, लगानीकर्ता ‘होल्ड मुड’मा हुँदा घट्यो कारोबार

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा घटेरै बन्द भएको छ । १२.१० अंकले घट्दै नेप्से २७२७.३६ को बिन्दुमा ओर्लिएको छ ।



साताको अन्तिम कारोबार दिन नेप्सेमा उच्च अंकको उतारचढाव आएको थियो । २७४० को बिन्दुबाट कारोबार सुरु भएको नेप्से २६८७ को बिन्दुसम्म झर्दै २७५८को बिन्दुसम्म उक्लिएको थियो । ७१ अंकको उतारचढाव भएपनि अन्तिम समय भने नेप्सेमा बृद्धि कायमै रहन सकेन ।

यस दिन इन्डेक्ससँगै कारोबार रकममा पनि तिव्र गिरावट आएको छ । झण्डै डेढ महिनायताकै कम ९ अर्ब ६५ करोड १५ लाखमा कारोबार रकम सीमित भएको छ । २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा सो कारोबार रकम भएको हो ।

न्यून अंकले नेप्से घटेपनि आज अधिकांश समूहको सूचक राताम्मे बने । लघुवित्त र व्यापार समूहका सूचक हरियो देखिँदा बाँकी सबै राताम्मे बने ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये आज १०२ कम्पनीको मूल्य बढ्यो भने १३८ कम्पनीको मूल्य घट्यो । आज ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, हिमालयन रि, अपि पावरलगायत शीर्ष स्थानमा रहे । नेपाल फाइनान्सको मात्रै कारोबार रकम ४० करोड ५० लाख रुपैयाँको रह्यो ।

केही दिनदेखि नेप्सेमा उच्च उतारचढाव भइरहेको छ । उच्च उतारचढाव चल्दा धेरै लगानीकर्ता होल्ड मुडमा देखिएका छन् । जसको प्रभाव कारोबारसँग सूचकमा देखिएको छ ।

बजार विश्लेषक यसलाई स्वभाविक अवस्था बताउँछन् । यदि मनोविज्ञान सन्तुलित भएमा बजारले लगत्तै लय लिने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट