अभिभावकको सहमतिमा विद्यार्थीलाई रसिया जान अनुमति दिइने-Sutra News

अभिभावकको सहमतिमा विद्यार्थीलाई रसिया जान अनुमति दिइने

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिवद्धता आएपछि मात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिइने बताइएकी छिन । बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिवद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन् ।



रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो ।

सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिवद्धता मागेको हो ।

मन्त्री भट्टराईले रसियामा दुईदेखि छ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरुप्रति सरकार चिन्तित भएको धारणा राखिन् । उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन् ।

अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाई छ ।

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरुको सम्बन्धीत देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले जनाइन । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरुले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए ।

मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगाएतका क्षेत्रमा पढ्नकालागि ४० जना विद्यार्थीले छात्रवृति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट