हरितालिका तिज पर्वमा तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

हरितालिका तिज पर्वमा तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

आज मिति २०८१ भदौ २१ गते शुक्रबार । सन् २०२४ सेप्टेम्बर ६ तारिख । नेपाल सम्बत ११४४ तृतीया तिथि । आज हिन्दु धर्मालम्बीहरूले देशभर तिज मनाउँदै छन् । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

आजको दिन केही चुनौतीयुक्त देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन भने अनावश्यक हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ने योग छ । मन दुविधाग्रस्त रहला । सामाजिक कार्यमा भने सफलता र नाम मिल्नेछ । स्वास्थ्य पनि सवल नै रहने छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

वैवाहिक जीवन सुखी हुने, प्रेम र मित्रताको बन्धन कसिने समय छ । चल अचल सम्पत्तिको कारोबार हुनेछ । विभिन्न सहयोग एवम् उपहार पाइने र रमाइलो यात्रा पनि हुन सक्ने देखिन्छ । काम बन्नाले मन रमाउला । मान्यजनको सहयोग हासिल हुनुका साथै बुद्धिको उपयोगले सकारात्मक दिशा पहिल्याउन सकिने छ । प्रेमभाव बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख र उत्साह बढ्ने छ ।

मिथुन

सामाजिक कार्य तथा परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, व्यवसायमा पनि लाभ मिल्नेछ । आकस्मिक धन लाभको योग छ । मिष्ठान्न भोजनको अवसर आउनेछ । मित्रजनसँग सुखद भेटघाट होला । नसोचेको काम बन्ने देखिन्छ, प्रयत्न गर्नु होला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

खर्च र विवाद बढ्ने तथा शत्रुपक्षले सताउने योग रहेकोले आजको दिन विशेष सजगता अपनाउनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुन सक्छ, सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । दिन रमाइलै रहला । धनजन वृद्धि हुने तथा ठूला व्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिने छन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहला । रसरागका कार्यमा आकर्षण बढ्ने छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै महत्वपूर्ण कार्यमा सफलतमा मिल्ने छ ।

कन्या

नयाँ साथी संगीसँग भेटघाट तथा चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने रोकिएका अधुरा कामहरु आज सम्पन्न हुन सक्छन् । आय आर्जन तथा धनलाभको योग छ । रमाइलो यात्राको सम्भावना छ । मन हर्षित रहला । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नु हुनेछ । पराक्रम बढ्ला ।

तुला

आजको दिन मिश्रित फलदायी रहला । नयाँ काम पाउने योग छ, तर आजको दिन कुनै पनि नयाँ कार्य थालनी नगर्नु हितकर हुनेछ । धन आर्जनको सम्भावना छ, कृषिको कामबाट विशेष लाभ होला । लेनदेको काम आज नगरेकै वेश हुनेछ । पाहुना आगमनको दिन छ, साथै रमाइलो यात्राको पनि सम्भावना छ । आयबल बढ्ने छ ।

बृश्चिक

कर्मबल बढ्ने छ तर आजको दिन खासै उत्साहजनक नरहला । व्यर्थको खर्च र स्वास्थ्यमा समेत गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष सजक रहनु उचित हुनेछ । अनावश्यक खर्च र प्रेम सम्बन्धमा पनि धोका हुने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु उचित हुनेछ ।

धनु

आज मन केही दुविधाग्रस्त रहला । ठूलो सहयोगको आशा देखाउनेले धोका दिन सक्छन्, सचेत रहनुहोस् । नियमित कार्यमा सफलता मिल्नेछ । आहारविहारमा विशेष सतर्क रहनु पर्ने समय छ । स्वास्थ्यगत अवरोधका कारण सोचेको काम समयमै सम्पन्न नहुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

आजको दिन उत्साहजनक रूपले बित्ने देखिन्छ । खर्च भन्दा कमाई नै बढी हुनेछ भने धन आर्जनका नयाँ बाटा खुल्न सक्छन् । कृषिक्षेत्रमा अलिक लगानी र परिश्रम गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । आफन्तजनसँगको भेटघाटले मनमा उल्लास छाउनेछ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

सजिलैसँग काम बन्ने समय छ । विलासी कार्यमा इच्छाशक्ति बढ्नेछ भने अध्ययनरअध्यापन कार्यमा पनि सहजता आउला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । धनलाभ होला । पारिवारिक सुख मिल्ने र जाँगर वृद्धि हुने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ ।

मीन

आजको दिन केही चुनैतीयुक्त रहला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा पनि केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने योग छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा सकस पर्न सक्छ । समयको ब्यर्थै नास हुने योग छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिनसक्छन्, सचेत रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट